site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणकाजीले मागे गभर्नर अधिकारीको राजीनामा 

काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा उनले विवादित गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । 

“विवाद भइसक्यो । अन्योल भयो भनेर उहाँले पदबाट राजीनामा दिनु वेश हुन्छ । विधि र मूल्य लागु हुनुपर्यो,” उनले भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी र गभर्नर अधिकारी एकै हो भन्ने चर्चा भइरहेको बताए । “सबैले उहाँ नै हो भनेर भनिरहेका छन् । महाप्रसाद अधिकारी एम अधिकारी त्यही जिल्लाको अर्को को होला त ? उहाँ नै हुनुहोला होला भनेर लागेको छ,” उनले भने, “नेकपा एमाले वा गभर्नर अधिकारीले त्यसमा विश्वसनीय खण्डन गर्नुभएको छैन । गर्न सक्ने स्थिति पनि होला किन नहोला भन्ने गम्भीर छ ।”

उनले एमाले र अधिकारीले एम अधिकारी भन्ने व्यक्ति भए कागजात निकाल्न पनि चुनौती दिए । “होइन भने पुष्टि गर्ने कागजात चाहियो । ०७३ सालको गभर्नर हो, अहिलेको चाहीँ अर्कैै हो भन्ने पुष्टि गर्नुपर्यो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro