site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच वर्षअघि एमाले र महाप्रसाद अधिकारीबीच भएको थियो पत्र आदानप्रदान !

काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेको भन्दै चर्को आलोचना खेपेका गभर्नर महाप्रसाद अधिकारी र नेकपा एमालेबीच पाँच वर्षअघि नै पत्र आदानप्रदान भएको पाइएको छ ।

अहिले नेकपा एमालेको सोही विभागको सदस्यमा छद्म नाममा एम अधिकारी राखेर सदस्य रहेको भन्दै चर्को आलोचना खेपेका अधिकारीले नेकपा एमालेलाई पाँच वर्ष अघि नै पत्र लेखेर सो पार्टीमा आवद्ध नरहेको बताएको पाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

संसद्मा समेत गभर्नरको विषयमा कुरा उठेपछि उनी आलोचित भएका छन् ।

महाप्रसाद अधिकारीले नेकपा एमालेका सचिवलाई पत्र लेख्दै पाँचवर्ष अघि नै आफू कुनै पनि दलको सदस्य नरहेको र हाल त्यस्तो सदस्यता लिने मनसाय पनि नरहेकाले उक्त नाम हटाई दिन अनुरोध गरेको उल्लेख गरेका छन् ।

पत्रमा अधिकारीले भनेका छन्, “हालसालैका केही सञ्चारमाध्यमले मेरो वा मसँग मिल्दोजुल्दो नाम नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्सवादी लेनिनवादी, अर्थ तथा योजना विभागको सदस्यको रुपमा मनोनयन भएको भन्ने समाचार प्रकाशन गरेकाले यस विषयप्रति मेरो ध्यानाकर्षण भएको व्यहोरा अनुरोध गर्दछु । यद्यपि औपचारिक माध्यमबाट यस सम्बन्धमा मलाई कुनै जानकारी प्राप्त नभएकाले उत्तः नाम मेरो नभई अन्य कुनै व्यक्तिको हुन सक्छ । कथम् कदाचित उक्त नाम मसँग सम्बन्धित रहेको भए म कुनै पनि राजनैनिक दलको सदस्य नरहेको र हाल त्यस्तो सदस्यता लिने मनसायसमेत नरहेकाले उक्त नाम हटाईदिन हुन हार्दिक अनुरोध गर्दछु,” महाप्रसाद अधिकारीले नेकपा एमालेलाई लेखेको पत्रमा उल्लेख छ ।

त्यस्तैगरी नेकपा एमालेका सचिव कृष्णगोपाल श्रेष्ठले महाप्रसाद अधिकारीलाई त्यसबेला पत्र लेख्दै सदस्यता सम्बन्धमा स्पष्ट पारेका छन् ।

“तपाईंको मिति २०७३–०२–२५ को पत्रको सन्दर्भमा लेख्दैछु । तपाईंले आफू पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागको सदस्य नरहेको भनि दिनुभएको पत्रका आधारमा पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यहरुको नाम रुजु गर्दा उक्त नाम भुलवस पर्न गएको र सो नाम अन्तिम नामावलीमा नरहेको हुँदा तपाईंको यस विभागसँग कुनै सम्बन्ध नरहेको व्यहोरा अवगत गराउन चाहन्छु,” श्रेष्ठले लेखेको पत्रमा भनिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro