काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले दिवंगत गायक यम बुद्ध (अनिल अधिकारी)को सालिक बनाउने ‘काठमाडौं महानगरपालिकाको’ निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले उक्त निर्णयको प्रशंसा गरेका हुन् ।
“संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम वुद्ध (अनिल अधिकारी)को प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ । pic.twitter.com/WsAckJjyCL
— Bishnu Prasad Paudel (@bpaudel1959) July 14, 2022
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले केही दिनअघि सामाजिक सञ्जालमार्फत नै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका थिए ।