देश
काठमाडौं । काठमाडौंमा चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका छन् । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८, भीमढुंगास्थित एक घरमा पसेर चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँचजना घाइते भएका हुन् ।
घरमा आएको चितुवा धपाउने क्रममा चितुवाले आक्रमण गर्दा पञ्चकुमार भट्टराईसहित उनको परिवारका पाँचजना घाइते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।
घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको बोहराले जानकारी दिए ।
काठमाडौंमा हरेक वर्ष बाक्लो बस्तीमा पसेर चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ ०७:५७
प्रतिक्रिया दिनुहोस्