site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मकवानपुरमा स्कार्पियो र कार ठोक्किँदा एकजनाको मृत्यु, १३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । १३ जना घाइते छन् ।

शनिबार दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कारका चालक हेटौँडा उपमहानगरपालिका–४, स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६च ८३२४ नम्बरको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ मा ठोक्किँदा दुर्घटना भएको हो ।

कारका तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको उनले बताए ।

स्कार्पियोका चालकको पहिचान खुल्न सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको अवस्था गम्भीर रहेकाले उपचारका निम्ति एलाइभ अस्पताल भरतपुरमा पठाइएको उनले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro