site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुपन्देहीमा श्रीमतीको हत्या आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रुपन्देहीमा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–८, टटेराका ४६ वर्षीय रुद्रबहादुर खड्का छन् ।

४० वर्षीया आफ्नी श्रीमती कमला सेन खड्काको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घरायसी विषयमा झै–झगडाका क्रममा रुद्रबहादुरले चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएकी थिइन् । उक्त सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते कमलाको उपचारका क्रममा भुलहीस्थित देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro