site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘प्रकाश’को प्रमोशनमा ‘टेबल मुनीबाट’ कार्यक्रम, कमेडियनहरूको साथमा ६ सहरको यात्रा 

काठमाडौं । चलचित्र ‘प्रकाश’ले प्रचार सुरु गरेको छ । प्रचारलाई आक्रामक बनाउने क्रममा ‘प्रकाश’ले देशका ठूला ६ सहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको हो । 

युवा पुस्ताका कमेडियनहरूको साथमा हुने प्रमोशनल टुर असार ३१ (भोलि) चितवनको भरतपुरबाट सुरु हुनेछ । भदौ ५ गते काठमाडौंमा आएर समापन हुनेछ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

निर्माण पक्षका अनुसार असार ३१ र ३२ गते चितवनको भरतपुर, साउन ६ र ७ बुटवल, साउन १३ र १४ पोखरा, २० र २१ बिराटनगर, २७ र २८ हेटौडाँमा र भदौ ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ ।

चलचित्रले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो । ‘टेबल मुनीबाट’ नाम दिइएको प्रमोशनल कार्यक्रममा चलचित्रका नायक प्रदीप खड्कासहित अन्य कलाकार र केमेडियनहरू आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् । काठमाडौंमा अन्य कलाकारहरू पनि सहभागी हुनेछन् ।

भदौ १० गते प्रदर्शन हुने दिनेश राउत निर्देशित चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायत कलाकारको अभिनय छ ।

चलचित्रमा विकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत रहेको छ । उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ०७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro