site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आठजना साहित्यकार पुरस्कृत

विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई नगदसहित सम्मान गरेको छ । 

बुधबार विराटनगरमा आयोजित कार्यक्रमममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम, ‘दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार’ डा. दुवसु क्षेत्री, ‘लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार’ डा. ज्ञानु पाण्डे र ‘ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार’ वरिष्ठ भाषाशास्त्री प्रा.डा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनीहरू सबैलाई जनही ५० हजार राशि र सम्मानपत्र समर्पण गरिएको थियो । त्यस्तै २२ हजार राशिको ‘विराटलक्ष्मी प्रतिभा पुरस्कार’बाट झापाका हरिप्रसाद न्यौपाने र सुनसरीका नारद पोखरेल संयुक्त रूपमा सम्मानित भएका छन् ।

त्यस्तै साहित्यकार लोचन रिजाल र भरत गुरागाईंलाई २२ हजार राशिको ‘षडानन्द प्रतिभा पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिएको छ । उनीहरू सबैलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुखसमेत रहेका साहित्यकार प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाङ, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ दधिराज सुवेदी, सचिव प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल, साहित्यकार दिङ्लाली कान्छोलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

२०३९ सालमा जनस्तरबाट स्थापित भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने परम्पराअनुसार सञ्चालन भइरहेको प्रतिभा पुरस्कार प्रतिष्ठानले कृतिसमेत प्रकाशित गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  २१:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro