देश
काठमाडौं । सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र आसपास धेरै स्थानमा भारी वर्षा मापन भएको छ । पछिल्लो तीन घण्टा ती जिल्लामा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले खिम्ती खोला, सोलुखोलालगायत सोलुखुम्बु, रामेछाप, दोलखा आसपास भई बहने साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले राति ९ बजे सम्मै सतर्कता अपनाउन भनेको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १७:५२
प्रतिक्रिया दिनुहोस्