देश
काठमाडौं । भक्तपुरबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर दधिकोट बस्ने सिन्धुपाल्चोकका ३० वर्षीय सिताराम भण्डारी छन् ।
उच्च अदालत पाटन ललितपुरको गत जेठ १० गतेको फैसलाले ५ लाख रुपैयाँ जरिबाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १७:४१
प्रतिक्रिया दिनुहोस्