site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको दाबी– मैले ५७ वर्षको राजनीतिक जीवनमा मानव अधिकार उल्लंघन गरिनँ
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजनीतिक जीवनको ५७ वर्षमा मानव अधिकारको उल्लंघन नगरेको दाबी गरेका छन् । बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३औँ स्थापना दिवसमा ओलीले आफूले मानव अधिकारको उल्लंघन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिवद्धता जनाए ।

"म दाबीका साथ के भन्न सक्छु भने– यी ५७ वर्षदेखिको मेरो लडाइँ मूलतः मानव अधिकारका लागि हो । मेरो लडाइँ भनेको मानव अधिकारका लागि । र, म अर्को के भन्छु भने– मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उल्लंघन गरेको छैन । मैले मानव अधिकारको उल्लंघन गरेको छैन । र, मानव अधिकारको उल्लंघन गर्दिनँ," ओलीले भने ।

ओलीले राजनीति विकृत भए मानव अधिकारको उल्लंघनको घटना बढेर जाने पनि बताए । ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तिको कार्यकाल, जागिरको रूपमा नलिएर आर्दश, निष्ठा, यात्रा र गन्तव्यको रूपमा आफूले लिएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro