site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश १ मा कानुन कार्यान्वयनबारे छलफल, ५९ ऐन निर्माण हुँदा ६१ नियमावली स्वीकृत
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले इलाममा आयोजना गरेको कार्यक्रम ।

विराटनगर । प्रदेश १ सरकारले बनाएका कानुन कार्यान्वयनको विषयमा स्थानीय तह र सरोकारवालासँग छलफल थालिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश सभा सचिवालयले बनेका कानुनको कार्यान्वयनमा देखिएका चुनौती, कमजोरी र समस्याका विषयमा सरोकारवालासँग छलफल सुरु गरेको हो ।

कानुन मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले दिएको जानकारीअनुसार मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा अन्तरक्रिया कार्यक्रम गरी स्थानीय तहका पदाधिकारी, जिल्लास्थित न्यायाधीश र कानुन व्यवसायीसँग छलफल गरेको छ । यसक्रममा प्रदेशका पहाडी र तराईका जिल्लास्थित स्थानीय तहमा कार्यक्रम आयोजना गरिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पछिल्लोपटक इलाममा चार जिल्लाका न्यायाधीश, कानुन व्यवसायी र स्थानीय तहका पदाधिकारीसँग कानुनको विषयमा छलफल भएको छ । झापा, इलाम, ताप्लेजुङ र पाँचथर जिल्लालाई केन्द्रित गरेर भएको कार्यक्रममा प्रदेशले निर्माण गरेका कानुनको विषयमा तलसम्म निकाय जानकार हुन नसकेको बताइएको थियो ।

सचिव पराजुलीले भने, “छलफलका क्रममा उठेका विषयलाई अभिलेखीकरण गरी प्रदेश सरकारलाई सुझावको रूपमा पेस गर्ने हाम्रो तयारी छ ।” प्रदेश कानुनको कार्यान्वयनको विषयमा प्रतिवेदन तयार गर्ने, कार्यान्वयनमा देखिएका कमकमजोरी र सुधार गर्नुपर्ने विषयलाई समेट्ने मन्त्रालयको तयारी छ । 

प्रदेश सभा सचिवालयले बुधबार धनकुटाको छथर गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको छ । यस्तै, कार्यक्रम संखुवसभाको मुढेशनिश्चरे र तेह्रथुमको लालाीगुराँसमा आयोजना गरिएको छ । त्यहाँ भएका कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले निर्माण भएका कानुनको विषयमा जानकारी गराएका छन् । मोरङको बुढीगंगा, कटहरी, सुनवर्षीमा र केराबारीमा पनि सचिवालयले कार्यक्रम सम्पन्न गरेको छ । 

प्रदेशमा हालसम्म ५८ वटा कानुन निर्माण भएका छन् । ६१ नियमावली स्वीकृत भएर कार्यान्वयनमा छन् । हाल दुई विधेयक छलफलमा छन् । 

कानुन मन्त्रालयका सचिव पराजुलीले धेरै कार्यक्रमहरूबाट कानुन धेरै बनेको तर सम्बन्धित निकायमा नपुगेको अवस्था आएको भन्ने सुझाव आएको बताए । “अब कानुनको दिग्दर्शन बनाएर सबै एने नियम, कार्याविधि तथा निर्देशिका पठाउने मन्त्रालयको तयारी छ,” उनले भने, “स्थानीय तहबाट बनेका र संघीय कानुनसँग बाझिएका विषयहरूबारे पनि हामीले अध्ययन गरिरहेका छौँ । संशोधनको कुराहरू पनि उठेका छन् ।” 

सचिव पराजुलीले सरकार सञ्चालनसँग सम्बन्धित धेरै कानुनहरू कार्यान्वयनको अवस्थामा रहेको बताए । पराजुलीकाअनुसार प्रदेशले प्रहरी ऐन ल्याएपनि प्रहरी समायोजन नभएकाले कार्यान्वयनको अवस्थामा छैन । विपद् व्यवस्थापन ऐन कार्यान्वयनको चरणमा छ । यसैगरी कृषि क्षेत्रसँग सम्बन्धित कानुन कार्यान्वयनमा गएको र  शिक्षा, स्वास्थ्य तथा पर्यटनसँग सम्बन्धित विषयहरू पनि कार्यान्वयनमै रहेको पराजुलीले सुनाए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro