विदेश
काबुल । अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ । बितेका दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए ।
दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान छ । बालबालिकासहित केही प्रभावितहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । अधिकारीले बताए ।
अफगानिस्तानको सुदूर क्षेत्रहरूमा स्वास्थ्य केन्द्र र स्वच्छ पिउने पानीमा पहुँच नहुँदा त्यहाँका स्थानीय रोग र मृत्युको जोखिमबाट मुक्त हुन सकेका छैनन् ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १५:२५
प्रतिक्रिया दिनुहोस्