site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अबको उपसभामुख को ? दलहरूको आ–आफ्नै दाबी, कांग्रेसबाट भुसालको चर्चा
फाइल तस्बिर ।

काठमाडौं । झन्डै तीन वर्षपछि आउँदो शुक्रबार प्रतिनिधिसभाले उपसभामुख पाउँदै छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएयता उक्त पद रिक्त छ । तुम्बाहाङ्फे मन्त्री बनेपछि उपसभामुखबाट राजीनामा दिएकी थिइन् ।

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि यही असार ३१ गते शुक्रबार निर्वाचन हुँदै छ । बुधबार निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन तालिका सार्वजनिक भएसँगै अबको उपसभामुखका विषयमा चर्चा सुरु भएको छ । विशेषगरी सत्ता गठबन्धनमा आबद्धमध्ये कुन दलले उपसभामुख पद पाउँछ भन्ने चासो छ । नेकपा (माओवादी केन्द्र)ले भने उपसभामुख पाउँदैन । किनभने, अग्निप्रसाद सापकोटा माओवादी कोटाबाट सभामुख बनेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

एकै दलबाट सभामुख र उपसभामुख बन्न नपाउने संवैधानिक व्यवस्था छ । समावेशी सिद्धान्तानुसार फरक लिंगको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था पनि छ । सोहीकारण सभामुख पुरुष भएकाले संसद्ले महिला उपसभामुख पाउने निश्चित छ ।

उपसभामुख पद नेपाली कांग्रेसले लिने चर्चा छ । तर, अरू दलहरूले पनि यो पदमा दाबी गरिरहेका छन् । उक्त पदमा कांग्रेस सचेतक पुष्पा भुसालको चर्चा छ ।

“हाम्रोबाट पुष्पाजी उपसभामुख बन्ने सम्भावना छ । विशेष गरेर माओवादीसँग भएको समझदारीअनुरूप हामीले उपसभामुख पाउनुपर्ने हो,” सांसद मीन विश्वकर्माले बाह्रखरीसँग भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि गठबन्धनको सहमतिअनुसार आफ्नो पार्टीले उपसभामुख पद पाउने जिकिर गरे ।

“हिजो साँझसम्म हामीले पाउने भनेर नेताहरूले गठबन्धनभित्र सहमति पनि गरेका हुन् । हिजो प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच भेट भएपश्चात् केही सहमति भयो भने फरक कुरा हुनसक्ला,” उनले भने, “अहिलेसम्म हामीले नै पाउनुपर्ने हो ।”

उपसभामुखका लागि गठबन्धनभित्र जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले पनि लबिङ गरिरहेका छन् । तर, प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसपा र एकीकृत समाजवादीलाई उपसभामुख पद दिने पक्षमा नभएको बालुवाटार स्रोतको दाबी छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा भने गठबन्धनको सहमतिअनुरूप आफ्नो दलले उपसभामुख पाउनुपर्ने बताउँछन् । “हामीले पाउनुपर्ने हो र छलफल पनि भइरहेको छ । तर, कसको नाममा सहमति गर्ने भन्ने टुंगो लागेको छैन,” उनले भने ।

सरकारले संवैधानिक परिषद्को बैठक बस्न नसकेको भन्दै केही दिनअघि ५० प्रतिशत सदस्यको उपस्थितिमा बैठक बस्न सकिने गरी विधेयक अघि बढाएको थियो । त्यसको चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री देउवालाई विधेयक अघि बढाउन आफ्नै दलका नेताले समेत असहयोग गर्ने बताएका छन् ।

६ जनाको संवैधानिक परिषद्मा हाल चार सदस्य उपस्थित नभई बैठक बस्न नसकिने व्यवस्था छ ।

सरकारले उपसभामुखको निर्वाचन गराएर परिषद्लाई पूर्णता दिने र संवैधानिक नियुक्तिलाई आसन्न निर्वाचनअघि सम्पादन गर्ने तयारी गरेको छ । कांग्रेस एक नेताका अनुसार कांग्रेसले उपसभामुख नपाए जसपा वा लोसपालाई दिने गरी छलफल अघि बढाउने समेत तयारी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro