मुम्बई । गत महिना बलिउड अभिनेता सलमान खान र उनका बुबा सलिम खानलाई मार्ने धम्की आयो । मार्ने धम्कीसहित सलमानको निवासमा धम्कीपूर्ण चेतावनीसहित पत्र आयो । यो कुरा अहिले सेलाइसकेको छ । तर, योसँगै यतिबेला सलमानसँगै जोडिएको अर्को एउटा सत्य बाहिरिएको छ । सिद्धु मुसेवालाको हत्याको आरोपमा अनुसन्धानमा रहेका ग्यांगस्टार (गुन्डा नाइके) लरेन्स विश्नोईले सोधपुछकै क्रममा गरेको एउटा खुलासाले यतिबेला चर्चा पाइरहेको छ ।
कुरा हालको नभएर सन् २०१८ को हो । गुन्डा नाइके लरेन्सका अनुसार उनले अभिनेता सलमानलाई मार्न भनेर सन् २०१८ मा एउटा राइफल किनेका थिए । सलमानलाई मार्न किनेको उक्त राइफल कुनै सामान्य नभएको बताइएको छ ।
लरेन्सले भारु ४ लाख अर्थात् नेपाली ६ लाख ३८ हजार ७७० रुपैयाँ पर्ने विशेष राइफल किनेका थिए । दिल्ली प्रहरीको विशेष सेलले गरेको सोधपुछका क्रममा उनले यसबारे बताएका हुन् । लरेन्सका अनुसार उनले सलमानलाई सन् १९९८ मा राजस्थानमा सलमानको ‘हम साथ साथ है’ चलचित्रको छायांकनको क्रममा जोधपुरमा ब्लाक बक (जरायोको एउटा प्रजाति) शिकारको मुद्दामा मार्न खोजेका हुन् ।
गुन्डा नाइके लरेन्सले सलमानलाई मार्नका लागि किनेको राइफल, आरके स्प्रिङ राइफल हो । उनले यो लंग–रेन्ज राइफल ‘दिनेश दागर’ नाम गरेका एक व्यक्तिमार्फत किनेको दाबी गरे ।
बलिउड हंगामा