राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रस्तुत गरिएको नागरिकता पहिलो संशोधन विधेयकमाथि सांसदहरूले विरोध जनाएका छन् ।
नेमकिपाका सांसद प्रेम सुवालले नागरिकता वितरण गर्नुपूर्व खुला सीमा बन्द गर्नुपर्ने बताए । उनले नेपाली नागरिकता नेपाली जनताले मात्र पाउनुपर्ने भन्दै समस्या समाधान गर्न खुला सीमा बन्द गर्न माग गरे ।
बुवा र आमाका आधारमा मात्र वंशजको नागरिकता दिनुपर्नेमा उनले जोड दिए ।
नेपालीसँग बिहे गरेका विदेशीलाई कम्तीमा २० वर्ष नेपालमा बसोबास र नेपालको कुनै भाषा वा संस्कृतिबारे परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गर्न उनले माग गरे । उनले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था खारेज गर्नुपर्ने पनि बताए ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १२:१४
प्रतिक्रिया दिनुहोस्