site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको विभागमा रहेको भन्दै गभर्नरमाथि कारबाही गर्न सांसदको माग 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को विभागमा रहेको भन्दै संसद्मा कारबाहीको माग भएको छ । आजको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले उनीमाथि छानबिन गरेर कारबाही गर्न माग गरेकी हुन् । 

सांसद शर्माले ऐन नियमविपरीत एमालेले विभागमा राखेको भन्दै आपत्ति जनाइन् । “राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कुनै पनि दलमा आबद्ध हुन नपाउने राष्ट्र बैंक ऐन, राष्ट्र बैंक नियमावली त्यसको विपरीत नेकपा (एमाले) को निर्देशनमा योजना तथा अर्थ विभागको सदस्य भनेर एम अधिकारी खोटाङको नाम आएको छ । ती एम अधिकारी गभर्नर हुन भन्ने पनि ठूलै चर्चा पाएको छ,” उनले भनिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसैगरी, उनले गभर्नरले अर्थतन्त्र बिगार्न लागेको आरोप पनि लगाइन् । “यदि, त्यसरी दलको विभागमा रहँदा देशको नीति अपनाउनुहुन्छ कि ? प्रतिपक्षको नीति अपनाउनुहुन्छ ?,” उनले भनिन्, “व्यवस्थाविपरीत नियुक्त गर्ने काम भयो । ऐनविपरित विभागमा बस्ने व्यक्ति, नियुक्ति गर्ने व्यक्ति जसले अर्थतन्त्र सम्हाल्नुपर्नेमा बिगार्दैै हुनुहुन्छ । गम्भीर ढंगले छनबिन गरियोस् । छानबिन गरेर दोषीउपर कारबाही गर्न नेपाल सरकारले ध्यान दिइयोस् ।” 

उनले अर्थतन्त्र बिग्रँदो अवस्थामा गएको भन्दै व्यक्तिलाई अपराधी करार गर्न लागिएको बताइन् । एमालेको अर्थ तथा योजना विभाग एम अधिकारी सदस्य रहेका छन् । जसको चर्चा भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro