site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थप ६ बालबालिकामा हैजा पुष्टि, काठमाडौंमा संक्रमितको संख्या २८ पुग्यो
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २८ पुगेको छ । संक्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन्, जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार मंगलबारसम्म हैजा संक्रमितको संख्यामध्ये काठमाडौं महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरीमा २, बुढानीलकण्ठमा १ र कीर्तिपुरमा १ जना संक्रमित देखिएका छन् । त्यस्तै, भक्तपुरका चाँगुनारायण नगरपालिकामा १ र सूर्यविनायकमा १ जनामा हैजा पुष्टि भएको छ भने ललितपुर महानगरभित्र २ जनामा हैजा संक्रमण पुष्टि भएको छ । 

महाशाखाले काठमाडौंमा हैजा संक्रमण देखिएका विभिन्न स्थानमा पानी परीक्षणका लागि नमुना संकलन तथा पियुस वितरण अभियान तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ । हैजाबाट बच्न पानी उमालेर मात्रै पिउन महाशाखाको अनुरोध छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro