site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एम अधिकारीको विषय संसद प्रवेश– नबोल्न रुलिङ गर्न माग 

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ । प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन् ।

कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक भएको भन्दै बन्द गरिएन भने उनलाई कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने बताएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कांग्रेसका सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए ।

“गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ,” उनले भने, “सरकारलाई सहयोग पनि भएन । यो बन्द गरिएन भने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने हुन्छ । गभर्नरलाई यस्तो नबोल्न रुलिङ गर्नुपर्छ । भूकम्प गएको बेला भूकम्प आयो भन्ने सर्वसाधारणलाई थुनिन्थ्यो । आज जिम्मेवार निकायमा बस्नेले आतंकित बनाइरहेका छन् । किन कारबाही नगर्ने ?”

त्यस्तै माओवादीकी नेतृ रेखा शर्माले एम अधिकारीको नाममा एमालेको अर्थ विभागमा बसेको भन्दै कारबाहीको माग गरिन । उनकै कारणले अर्थतन्त्र बिग्रिएको उल्लेख गर्दै गम्भीर छानबिनको माग उनको थियो ।

“राष्ट्र बैंकको प्रमुख एमालेको अर्थ विभागमा बस्न मिल्छ कि मिल्दैन ?,” उनको प्रश्न थियो, “यो विषयमा गम्भीर छानबिन जरुरी छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro