कैलाली । कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
गौरीगंगा नगरपालिका–९, शंकरपुरमा गए राति सुपप्र ०१–००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । उनको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा सुपप्र ०१–००९ प ७८९१ नम्बरको मोटरसाइकलका चालक गौरीगंगा–९, शंकरपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् । चौधरीको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिए । रासस