राजनीति
काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दै छ । बैठकबाट समिति सभापतिको चयन गरिने जनाइएको छ ।
कार्यविधिअनुसार अर्थ मन्त्रालयबाट कागजात मगाउने, सीसीटीभी फुटेज मगाउने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र स्थलगत अनुगमन गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ ०९:२३
प्रतिक्रिया दिनुहोस्