site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० अर्ब डलरको टेलिस्कोप अन्तरिक्षका अद्भूत तस्विर खिच्न सफल 
KFC Island Ad
Dabur Nepal
NIC Asia

वासिंगटन । अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेश एडमिनिस्ट्रेसन (नासा)को दश अर्ब अमेरिकी डलर मूल्य पर्ने अन्तरिक्ष टेलिस्कोपले ‘स्टेल्लार नर्सरी’ र ‘कस्मिक डान्स’का अदभूत तस्विरहरू खिच्न सफल भएको छ ।
 
प्रसिद्ध हबल टेलिस्कोपको उत्तराधिकारीको रुपमा लिइएको जेम्स वेव वेधशालाले आफूले खिचेको पहिलो पूर्ण रंगिन तस्विरहरू प्रस्तुत गरिरहेको छ ।
 
अमेरिकी राष्ट्रपति जो बाइडेनले धेरै टाढाको आकासगंगाका एउटा तस्विर सार्वजनिक गर्दै सोमवार यसको टिजर प्रदान गरेका थिए । 

यो परियोजनामा संलग्न वैज्ञानिकहरूले वेवको विविध क्षमताहरू प्रदर्शन गर्ने उद्देश्यले थप तस्विरहरूका लागि प्रयास गरिरहेका छन् । 

यस नयाँ वेधशालाबाट इन्फ्रारेड लाइटमा आकासमा हेर्न सकिने व्यवस्था गरिएको छ । यसले विगतका वेधशालाहरूले भन्दा अन्तरिक्षमा टाढासम्म हेर्न सक्ने क्षमता राखेको छ । फलस्वरुप अब १३ अर्ब ५० करोड वर्ष अघिका ब्रम्हान्डिय गतिविधिहरूलाई पनि पत्ता लाउन सकिने भएको छ ।
 
खगोलशास्त्रीहरूले अब यसको अत्याधुनिक प्रविधिहरु प्रयोग गरेर कतै प्राणीको संकेत देखिन्छन् कि भनेर टाढाका ग्रहका वायुमण्डलको पनि अध्ययन गर्ने आशा लिएका छन् । वेवका चारवटा इन्फ्रारेड उपकरणमध्ये एकको सह–नेतृत्व गरिरहेका वेलायती अनुसन्धानकर्ता प्राध्यापक गिलिलयन राइट अहिलेका तस्विरहरू आगामी उपलब्धिका नमुना मात्र भएको र आकासमा नयाँ तरिकाले हेर्दा हामीले आशा नै नगरेका चिजहरू देख्ने बताएका छन् ।  बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro