site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउथ चाइना सी : चीनलाई अमेरिकाको चेतावनी-फिलिपिन्सको जल क्षेत्रमा आक्रमण भए रक्षा गर्न बाध्य हुन्छौँ 

मनिला । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले साउथ चाइना सीका भूभागमाथि बेइजिङको दाबी अवैध ठहर गरिएको सन् २०१६ कोे मध्यस्थता निर्णय पालना गर्न चीनलाई आह्वान गरेका छन् । 

विदेशमन्त्री ब्लिन्केनले विवादास्पद जलीय क्षेत्रमा रहेका फिलिपिन्सका फौज, जहाज वा विमानमा आक्रमण भएको खण्डमा वासिङटन सम्झौताका गठबन्धन फिलिपिन्सको रक्षा गर्न बाध्य हुने चेतावनी दिएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

फिलिपिन्सको राजधानी मनिलास्थित अमेरिकी दूतावासले मंगलबार ब्लिन्केनको यो विज्ञप्ति जारी गरेको हो । 

सन् २०१३ मा फिलिपिन्सले विवादास्पद जलीय क्षेत्रमा चीनको आक्रामक गतिविधिहरू बढ्दै गइरहेको गुनासो गरेपछि संयुक्त राष्ट्र संघको समुद्री कानुनबारेको अधिवेशन अन्तर्गत हेगमा स्थापित मध्यस्थता अदालतले सो निर्णय दिएको छैठौँ वर्षगाँठमा यो विज्ञप्ति सार्वजनिक भएको हो । 

चीनले त्यतिबेला मध्यस्थता अदालतमा आफ्नो उपस्थिति जनाएको थिएन । बरु सो निर्णयलाई जालीसाजीको संज्ञा दिँदै चीनले निरन्तर यसको अवज्ञा गर्दै आएको छ । जसले गर्दा केही वर्षयता फिलिपिन्स र अन्य दक्षिण एसियाली मुलुकहरूबीच यस क्षेत्रलाई लिएर विवाद सुरु भएको छ । 

चीनको औपचारिक नाम जन गणतन्त्र चीन (पीआरसी)लाई सम्बोधन गर्दै ब्लिन्केनले भनेका छन्, “हामी पुनः एकपटक पीआरसीलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्ना दायित्वहरू पालना गर्न र आफ्नो निहुँ खोज्ने व्यवहार रोक्न आग्रह गर्दछौँ । साथै हामी साउथ चाइन सीमा फिलिपिन्सको सशस्त्र फौज, सार्वजनिक जहाज वा विमानमाथि आक्रमण गरिएको खण्डमा सन् १९५१ मा अमेरिकी र फिलिपिन्सबीच भएको आपसी रक्षा सम्झौता अनुसार अमेरिकी आपसी प्रतिरक्षा प्रतिबद्धताहरू कार्यान्वयन हुने कुरा पनि दोहोर्‍याउन चाहन्छौँ ।”

यस विषयमा बेइजिङले तत्कालै कुनै प्रतिक्रिया दिएको छैन । तर, चिनियाँ विदेशमन्त्री वाङ यीले मलेसियाको राजधानी पुत्राजायामा ओयोजित एक पत्रकार सम्मेलनमा भनेका छन्, “साउथ चाइना सीलाई शान्ति र सहयोगको समुद्र’ बनाउन ‘आचारसंहिता’ नामक सम्झौतामा पुग्नका लागि चीनले फिलिपिन्स लगायत दक्षिण पूर्वी एसियाली मुलुकहरूको संगठन (आसियान) एवं यसका अन्य तीनवटा दाबीकर्ता मुलुकसँगको वार्तालाई तीव्रता दिइरहेको छ । तर, हामी समूहगत अवरोध र शीतयुद्धकालीन मानसिकताको विरोध गर्दछौँ । 
 
आफ्नो पाँचवटा दक्षिण पूर्वी एसियाली मुलुक भ्रमणको अन्तिम चरणमा वाङ मलेसिया पुगेका हुन् । चीन र फिलिपिन्स लगायत यस व्यस्त जलीय क्षेत्रको स्वामित्वमाथि भियतनाम, मलेसिया, ताइवान र ब्रुनाइले पनि दाबी गरिरहेका छन् । वर्षेनी यस जलीय क्षेत्रबाट खर्बौँं अमेरिकी डलर बराबरको मालसामानको ढुवानी हुने गरेको छ भने यो क्षेत्रमा प्रचुर मात्रामा ग्यास र तेल भण्डार रहेको पनि विश्वास गरिन्छ । 

एपीबाट ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  २३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro