नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहबीच भारतको नयाँ संसद भवनको माथिल्लो भागमा राखिएको काँसबाट बनेको मुलुकको राष्ट्रिय प्रतीकको अनावरण गरेका छन् ।
साढे छ मिटर अग्लो यस प्रतीकको गोलाकार आधारमा तीनतिर फर्केका एसियाली मूलका सिंह रहेका छन् । तर, यस नयाँ प्रतिमामा ईसापूर्व २५० को प्राचीन भारतीय मूर्तिकलालाई अनुसरण गरिएकाले यसले धेरैलाई आश्चर्यचकित पारेको छ ।
समीक्षकहरूले सिंह जंगलमा स्वतन्त्र विचरण गर्ने बेलाको वास्तविक स्वरूप भन्दा यसमा राखिएको स्वरूपमा परिवर्तन गरी नयाँ ‘हिंस्रक’ भाव दिइएको बताएका छन् ।
मोदीले ९ हजार ५०० किलो ग्राम वजनको यस प्रतीकको उद्घाटन कार्यक्रमको भिडियो सेयर गरेका छन् ।
एकजना वरिष्ठ सरकारी अधिकारीले भनेका छन्, “अशोकको सिंह राजधानीबाट प्रभावित यो राष्ट्रिय प्रतीक ईसापूर्व २५० मा सम्राट अशोकले आफूले शासन गरेका स्थानहरूमा खडा गरिएका अधिकांश स्तम्भहरूको माथिल्लो भागमा राखिएका मूर्तिकला हो । यो राजधानी सहरको ‘उपनिवेशीकरणमा महत्वपूर्ण कोसेढुंगा’ थियो ।”
तर, अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतीकका सिंहहरू मूल स्वरूप अर्थात् ‘शान्त र शाही’ भन्दा भयावह देखिएको टिप्पणी गरेका छन् ।
बीबीसीबाट ।