देश
काठमाडौं । धादिङको धुनिबेँसी क्षेत्रमा भारी वर्षा भएको छ । पछिल्लो दुई घण्टामा धुनिबेँसी क्षेत्रमा भारी अतिभारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
धादिङको धुनिबेँसी, काठमाडौंको चन्द्रागिरि र आसपास भएर बहने साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।
साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम पनि हुनसक्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ २०:३५
प्रतिक्रिया दिनुहोस्