site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिउसँग भेटबारे गगनको ७ बुँदे स्पष्टीकरण– बीआरआई कार्यान्वयन गर्न ढिलाइ नगरौँ भन्यौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओसँग कांग्रेसले राखेको धारणा सार्वजनिक गरेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जाल फेसबुकबाट पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग लिउले गरेको भेटमा नेपाल र चीनको सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल भएको बताएका छन् । 

उनले देउवा र लिउबीचको कुराकानीबारे ७ बुँदा सार्वजनिक गरेका छन् । भेटमा चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नुहुन्न भन्नेमा कांग्रेस प्रष्ट रहेको बताएको थापाको भनाइ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले कांग्रेसले बीआरआई परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठानेको पनि बताएका छन् ।

"नेपाल चीनको निकटतम छिमेकी तथा मित्र राष्ट्र भएकोले नेपाली कांग्रेस, चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गर्दै, भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्दछ । यस सन्दर्भमा चीन सरकारले अघि सारेको बीआरई परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ । साथै चीन सरकार सँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु हुन्न भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ," थापाले भनेका छन् ।

भेटबारे थापाले सार्वजनिक गरेको सात बुँदे :

मिति २०७९ असार २६ गते चीनिया कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख श्री लिउ चियान छाओसँग भएको भेटघाट कार्यक्रममा हामीले नेपाल र चीनबिचको विशिष्ट सम्बन्धका विभिन्न आयामका बारेमा छलफल गर्यौँ । नेपाली काँग्रेसले त्यस भेटवार्तामा राखेको धारणाका बारेमा विभिन्न सञ्चार माध्यमहरूबाट विभिन्न प्रकारका अनुमानहरू बाहिरिएकोमा त्यस्तो भेटवार्तामा भएका विषयहरूलाई स्पष्ट पार्न उपयुक्त हुन्छ । नेपाली कांग्रेस र चीनिया कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख श्री लिउ चियान छाओसँग भएको भेटवार्तामा निम्न विषयहरूमा चर्चा गरिएको हो ।

१. नेपाली कांग्रेस, नेपाल-चीनबिचको चीरकालदेखि रहेको विशिष्ट सम्बन्ध र नेपाल-चीन सम्बन्धलाई विशिष्ट बनाउन पार्टीका संस्थापक नेता बिपी कोइरालाले पुर्याउनु भएको योगदानप्रति गौरव र स्मरण गर्दछ।
२. नेपाली कांग्रेस एक चीन नीतिमा प्रतिबद्ध छ। नेपाली भूभाग छिमेकी मित्र राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने कुरामा प्रस्ट, संवेदनशील र सचेत छ।
३. नेपाल कांग्रेस चीन लगायत अन्य छिमेकी, शक्ति राष्ट्र तथा मित्र राष्ट्रहरूसँग सम्मानपूर्ण, मित्रवत् तथा सुमधुर सम्बन्ध राख्छ, राख्न चाहन्छ। साथै, शक्ति राष्ट्रहरूबिच समान, सम्मानपूर्ण र सुमधुर सम्बन्ध होस भन्ने अपेक्षा पनि गर्दछ। तर, शक्ति राष्ट्रहरूबीच हुने कुनै पनि रणनीतिक, सामरिक, सैन्य गठबन्धन वा अन्य प्रकारका प्रतिस्पर्धामा नेपाल सहभागी हुँदैन, हुनुहुँदैन भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ ।
४. नेपाली कांग्रेस नेपालमा विद्यमान विकासको आवश्यकता, उत्कट चाहना र त्यसका लागि आवश्यक स्रोतको अभाव र अन्तर (gap) लाई परिपूर्ति गर्न सबै छिमेकी तथा मित्र राष्ट्रहरूबाट नेपालको राष्ट्रिय हित अनुकूल सहयोग र सहायता लिनुपर्छ भन्ने ठान्दछ। नेपालको आफ्नो राष्ट्रिय हितमा हुने गरी सबै मित्र राष्ट्रहरूबाट विकास सहयता लिनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो । नेपालको विद्यमान आर्थिक अवस्था र विकासको जुन चरणमा नेपाल आज उभिएको छ त्यस चरणबाट अघि बढ्न सबै मित्र राष्ट्रहरूबाट प्राप्त हुने स्रोतको व्यवस्थापन आवश्यक रहेको छ ।
५. यस परिवेशमा नेपाल चीनको निकटतम छिमेकी तथा मित्र राष्ट्र भएकोले नेपाली कांग्रेस, चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गर्दै, भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्दछ। यस सन्दर्भमा चीन सरकारले अघि सारेको The Belt and Road Initiative (BRI) परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ । साथै चीन सरकार सँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु हुन्न भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ ।
६. नेपाली कांग्रेस, नेपाली लोकतन्त्र र राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण, पूरानो, र परिपक्व राजनीतिक शक्ति हो । अतः चीनप्रतिको नेपाली कांग्रेसको धारणा र दृष्टिकोण चुनावी परिणाम वा सरकारमा नेपाली कांग्रेसको उपस्थितिको बनोटबाट निर्देशित हुँदैन । नेपाल र चीनको न्यानो र ऐतिहासिक सम्बन्ध छ । नेपाली कांग्रेस चीनलाई नेपालको महत्त्वपूर्ण मित्रराष्ट्रको रूपमा लिँदै आएको छ र भविष्यमा पनि लिने छ ।
साथै निकट्तम् छिमेकी समेत भएकाले चीन नेपालको विकास प्रक्रियाको महत्त्वपूर्ण साझेदार हो भन्ने बुझाई नेपाली कांग्रेसको हो ।
७.चीनको,नेपाल र नेपालका दलहरूसँगको सम्बन्ध र व्यवहार पनि सधैँ समान रहन्छ, कुनै विशिष्ट विचार मध्यनजर रहँदैन भन्ने अपेक्षा र विश्वास राख्दछ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro