site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिर्गौला लिन र दिन शरीरका के–के कुरामा सन्तुलन हुनुपर्छ ? 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालको कानुनले मिर्गौला दानका लागि परिवारका सदस्यसहित ५२ वटा सम्बन्ध तोकेको छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ ले यी सम्बन्धसहित मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिहरूको पनि मिर्गौला गर्ने प्रक्रिया  सहज बनाएको छ । 

ऐनअनुसार पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू र ससुराले अंगदान गर्न पाइने उल्लेख छ ।

यस्तै, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलो बाबु, ठूली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा भान्जी, साला साली, फुपू फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले पनि नजिकको आफन्तको रूपमा मिर्गौला दिनसक्ने व्यवस्था गरिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

धर्मपुत्र–धर्मपुत्री र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा भने कम्तिमा दुई वर्षदेखि अटुट सम्बन्ध कायम रहेकोे हुनुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । त्यस्तै, यदि कसैले मृत्युअघि अंगदान गर्न चाहेमा त्यस्ता व्यक्तिलाई चिकित्सकले मस्तिष्क मृत्युको घोषणा गरेपछि अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने व्यवस्था गरिएको छ । 

मिर्गौला लिन र दिन के–के कुरा मिल्नुपर्छ ?

Royal Enfield Island Ad

नेपालमा हालसम्म भएको अभ्यासअनुसार मिर्गौला दाता र ग्रहणकर्ता लिनेदिने व्यक्तिलाई सँगसँगै राखेर प्रत्यारोपण गर्ने गरिएको छ । ब्रेन डेथ भएका व्यक्तिको हकमा तुरुन्तै एक अस्पतालबाट अर्कोमा बिरामी स्थानान्तरण गरेर मिर्गौला प्रत्यारोण गर्न सकिने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन् । 

डा. काफ्लेका अनुसार मिर्गौला दाता १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ भने दुईवटै मिर्गौलामा कुनै पनि प्रकारको रोग देखिनु हुँदैन । उच्च रक्तचाप र मधुमेहका बिरामीले मिर्गौला दान गर्न मिल्दैन । ‘ओ’ रक्त समूह भएका व्यक्तिलाई सोही समूहका व्यक्तिले मिर्गौला दिनसक्छन् भने ‘ओ’ रक्तसमूह भएकाले भने सबैलाई दिनसक्छन् । ‘ए’, ‘बी’ र ‘एबी’ रक्तसमूह भएका व्यक्तिले सोही समूहभित्रकालाई मात्रै मिर्गौला दान गर्न सक्छन् । यसबाहेक रक्तसमूह नमिलेको खण्डमा पनि मिर्गौला दिन मिल्ने तर प्रत्यारोपणका क्रममा दाताको विशेष ख्याल गर्नुपर्ने र खर्चसमेत साविकभन्दा बढी लाग्ने डा. काफ्लेको भनाइ छ ।

प्रत्यारोपणपछि लिने र दिने व्यक्तिलाई कस्ता समस्या देखिन सक्छन् ? 

दाताको शरीरबाट मिर्गौला झिकिसकेपछि जति चाँडो प्रत्यारोपण गरियो त्यति नै यसले प्रभावकारीरूपमा काम गर्ने डा. काफ्ले बताउँछन् । २४ घण्टाभन्दा ढिलो प्रत्यारोपण गरिएको मिर्गौलाले डिले फंसन गर्ने, डायलायसिस गर्नुपर्ने हुनसक्ने र कतिपय अवस्थामा काम नै नगर्ने पनि हुनसक्ने सम्भावना रहन्छ । 

नेपालमा गरिएका मिर्गौला प्रत्यारोपण ९८ प्रतिशत सफल भएको डा. काफ्लेको दाबी छ । मिर्गौला दातालाई दानपछि उच्च रक्तचाप, मधुमेह तथा मिर्गौलासम्बन्धी अन्य समस्या देखिने सम्भावना पनि रहने हुनाले खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने डा. काफ्लेको भनाइ छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro