site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इलाममा ‘नाइरोबी  फ्लाई’का संक्रमित फेला

इलाम । इलाममा ‘नाइरोबी फ्लाई’का संक्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकामा नाइरोबीका बिरामी धमाधम फेला पर्न थालेका हुन् ।

रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको संक्रमण हुने जनाइएको छ । साथै, यस्ता किराका मलमूत्रले समेत मानिसमा संक्रमण फैलिने बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित अस्पताल आउन थालेको जानकारी दिए । उनले भने, “किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।”
 
पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता संक्रमित फेला पर्न थालेका हुन् । संक्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गरे ।  यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro