site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस प्रदेश–१ सभापति भन्छन्– गठबन्धन व्यवस्थित बनाउन सकेनौँ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नम्बर–१ का सभापति उद्धव थापाले आउँदो निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिइनुपर्ने बताएका छन् । सोमबारदेखि सानेपमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन् ।

“एक नम्बरमा एक नम्बर नै बनेको छ । यसको कारण गठबन्धन नै हो । कतिपय ठाउँमा गठबन्धन भयो, कतिपय ठाउँमा बनेन,” उनले बैठकमा भने, “गठबन्धनकै जगमा कांग्रेस पहिलो पार्टी बनेको छ । अब आउने चुनावमा पनि ती दलहरूबीच गठबन्धन बनाएर जानुपर्छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले गएको स्थानीय तह निर्वाचनमा गठबन्धनलाई पर्याप्त व्यवस्थित गर्न नसकिएको पनि बताए । निर्वाचनपछि समस्या बढेर गएको र त्यसलाई हल गरेर जानुपर्ने उनको भनाइ छ ।

“एक नम्बर प्रदेशमा पहाडी जिल्लामा गठबन्धन सहमतिका आधारमा बन्यो । पहाडमा गठबन्धन बलियो भयो । मधेसमा हुन सकेन । मोरङमा झन् फितलो भयो । हाम्रै साथीहरू गठबन्धनको विपक्षमा रहनुभयो । महानगरको कार्यपालिका चुनावमा त्यसको झल्को देखियो । गठबन्धन व्यवस्थित बनाउन सकेनौँ ।”

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro