देश
![बुटवल बन्यो कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने पहिलो उपमहानगर](https://12khari.top/uploads/posts/Butwal1657532520.jpg)
बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने उपमहानगर घोषणा भएको छ ।
सोमबार बुटवलमा एक कार्यक्रमकाबीच उपमहानगर प्रमुख खेलराज पाण्डेले उपमहानगरलाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरेका हुन् ।
उपमहानगरका १२ वर्ष माथिका सबै नागरिकले खोप पाएपछि खोप सुनिश्चितताको घोषणा गरिएको हो ।
बुटवलमा रहेका एक लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथिका एक लाख ५७ हजार ३९३ जनालाई पूर्ण खोप लगाइएको प्रमुख पाण्डेले बताए ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १५:२७
प्रतिक्रिया दिनुहोस्