site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखर कोइराला पक्षको माग– सरकारमाथि भ्रष्टाचारको आरोप लागेको छ, गम्भीर समीक्षा हुनुपर्छ
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सोमबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।

आइतबार काठमाडौंको विशालनगरमा बसेको कोइराला पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा गरिनुपर्ने नेता चन्द्र भण्डारीले बताए ।

"भोलिदेखि हुने केन्द्रीय समिति बैठकमा स्थानीय तह र सरकारको गम्भीर समीक्षा हुनुपर्छ । सरकारले ल्याएको बजेटले पारेको असरको बारेमा पनि छलफल हुनुपर्छ । पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरूमा पनि केन्दीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी बलियो बनाउने, आगामी चुनावमा कांग्रेस कसरी जाने ? र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रूपमा पार्टीलाई फाईदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो । पार्टीको भ्रातृ संस्थाहरूदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ," उनले भने ।

Royal Enfield Island Ad

कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापतिसमेत रहेका देउवाले पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ ।

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro