काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्ने आधार भनेकै प्रचार भएको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले गरेका कामहरू प्रचार हुन नसक्दा चुनाव जित्न सहज नहुँने बताए ।
“सरकारले गरेका राम्रा काम भन्न अफ्ट्यारो जस्तो भएको छ । राम्रो कामको प्रचार भएन,” उनले भने,“अर्थमन्त्रालय, उर्जा, खेलकुद मन्त्रालयबाट कतिपय राम्रा काम भएका छन् । सबै मन्त्रीले एक हप्ताभित्र भएका राम्रा र कमिभएका काम एकहप्ताभित्र हेडक्वाटरमा दिनुपर्याे । त्यसलाई चुनावमा प्रचार गर्नुपर्छ ।”
अध्यक्ष प्रचण्डले सधैँ नकारात्मक हुन नहुने भन्दै जनतमामा जाँदा नेतृत्वलाई टिक्न सक्ने अवस्था नभएको पनि उल्लेख गरे ।
साथै उनले पार्टीभित्रको विवाद बाहिर नल्याउन पनि अनुरोध गरे ।
चुनावको सम्मुखमा एकले अर्कालाई गाली गर्दा नकारात्मक सन्देश कार्यकर्तामा जाने उनको डर थियो । “एउटै पार्टीका साथी धेरै गएर भन्ने । कमिटीमा आलोचना गरौं । बाहिर लिडरलाई स्थापित हुनेगरी जानुपर्छ,” उनले भने ,“चुनाव आउँदैछ एकले अर्कालाई गालि गर्दा भोट काटिन्छ ।”
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)