site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मिस वर्ल्ड’ उपाधि जित्न प्रियंकाको कस्तो छ रणनीति ? (भिडियो कुराकानी)
तस्बिर : सुनील प्रधान । भिडियो : सचिन श्रेष्ठ/बाह्रखरी ।

काठमाडौं । केही दिनयता प्रियंकारानी जोशीको दिनचर्या फेरिएको छ । ‘मिस नेपाल वर्ल्ड २०२२’ को ताज पहिरिएसँगै उनको चर्चा चुलिएको छ ।

प्रियंकाले रातारात ‘नेमफेम’ बनाइन् । त्यसपछिका दिन भने त्यति नौलो नलागेको उनी बताउँछिन् । किनभने, उपाधि जित्छु भन्ने उनमा आत्मविश्वास थियो । आमसञ्चारकी विद्यार्थी उनी बोलीचालीमा प्रस्ट छिन् ।

यही असार ४ गते भएको ‘मिस नेपाल’को ‘ग्रान्ड फिनाले’मा २३ प्रतिस्पर्धीलाई उछिन्दै प्रियंकाले उपाधि जितेकी हुन् । योसँगै उनलाई ‘मिस वर्ल्ड’को तयारीको चटारो छ । मिस वर्ल्डमा नेपालका प्रतिस्पर्धीले अहिलेसम्म तीनपटक ‘ब्युटी विथ पर्पस’ जितेका छन् । तर, मुख्य ताजविहीन छन् । तयारीका लागि अब केही महिना बाँकी छ ।

मिस वर्ल्डका लागि योजना, तयारी, मिस नेपालप्रतिको आकर्षण, सौन्दर्य प्रतियोगितालगायत विषयमा ‘मिस नेपाल वर्ल्ड २०२२’ प्रियंकारानी जोशीसित बाह्रखरीकर्मी वर्षा महर्जनले कुराकानी गरेकी छन् ।

बाल्यकाल
बाल्यकालमा म असाधै ‘टकटेभी’ थिएँ । घरमा कसैले फोन गरे म पूरै कथा नै सुनाइदिन्थेँ ।

विशाल प्लेटफर्म
मिस नेपाल भनेको प्रतियोगिता हो । प्रतियोगिता भनेको मानसिक द्वन्द्व नै हो । त्यसैले मानसिक रूपमा आफू बलियो हुनुपर्छ । हारजित जे भए पनि आफ्नो आत्मविश्वास गुमाउँदिनँ भनेर मनोबल दरो बनाएर आउनुपर्छ ।

मिस नेपाल विशाल प्लेटफर्म हो । यसले अगाडि ल्याउने हजारौँ आवाजविहीनहरूको आवाजले मलाई आकर्षित गर्‍यो । यो ‘स्टेपिङ स्टोन’ पनि होइन र यो गन्तव्य पनि होइन । यो यात्राको एउटा पाटो हो ।

उपाधि जित्न तपाईंको हिँडाइ, स्वभाव आदि कुराले प्रभाव पार्छ नै, त्योभन्दा पनि तपाईंले के बोल्दै र कसरी बोल्दै हुनुहुन्छ भन्ने पाटोले एकदमै प्रभाव पार्ने रहेछ ।

मिस नेपालको उपाधि मात्र जित्छुभन्दा पनि मिस वर्ल्डमा जाने तयारी लिएर आउँदा अझ राम्रो हुन्छ ।

संयोग
मिस नेपालको ताजमा नेवार समुदायको बाहुल्यता देखिनु संयोग मात्र हो । त्यसरी सोच्नु गलत धारणा नै हो ।

‘फास्ट ट्रयाक इभेन्ट’ सबै जित्ने योजना
मिस वर्ल्डको टाइटल जित्न वा भनौँ उत्कृष्ट पाँचमा पुग्न ‘फास्ट ट्रयाक इभेन्ट’हरू जित्ने योजना छ । यो टाइटल जित्ने स्टेपिङ स्टोन हो । सन् २०१७ मा हामीले पाँचमध्ये तीनवटा फास्ट ट्रयाक इभेन्टहरू जितेका थियौँ । तर पनि हामी उत्कृष्ट पाँचमा पुग्न असफल रह्यौँ । त्यसैले अबको पालि फास्ट ट्रयाक इभेन्टहरू सबै कसरी जित्न सकिन्छ भनेर यसमा ध्यान दिइरहेको छु ।

यौन शिक्षामा जोड दिनुपर्छ
यौन दुर्व्यवहार हरेक क्षेत्रमा भएको देख्न र सुन्न सक्छौँ । तर, यसका पीडितहरू निडर भएर बोल्दा पनि घटनालाई निरुत्साहित गरिन्छ । अर्को, कानुनी रूपमा एक वर्षको समयावधिलाई बढाउनुपर्छ । यौन शिक्षामा जोड दिनुपर्छ ।

भविष्यको योजना
भविष्यमा फेमिली बिजनेसलाई नै निरन्तरता दिने योजना छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro