काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी गाउँमा बलियो देखिएको बताएका छन् ।
पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो जनाइएको हो ।
गएको स्थानीय तह निर्वाचनको समीक्षा गर्दै प्रचण्डले नेपाली कांग्रेसको मत परिणाम हेर्दा सहरको तुलनामा गाउँमा कमजोर देखिएको उल्लेख गरेका छन् ।
यस्तै, नेकपा (एमाले)को मत परिणाममा ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा खासै भिन्नता नभएको उनले जनाएका छन् । माओवादीको मत परिणाम भने सहरको तुलनामा गाउँमा मजबुत देखिएको उनले उल्लेख गरेका छन् ।
“...कसैले माओवादीको जनमत घटेको प्रचार गर्दैमा आत्तिनुपर्ने अवस्था छैन । कुल मतमा पहिलो चुनावको तुलनामा दोस्रो चुनावको तथ्यांकमा कमी देखिए पनि पहिलेकोभन्दा बढी (२३ स्थानीय तहमा जित हासिल गरेको छ,” प्रतिवेदनमा लेखिएको छ ।
पूर्णपाठ पढ्नोस्–