site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
दोहोरो नागरिकता दिन सिफारिस गरेका वडाध्यक्ष र सचिव फरार
जनकपुर । फाइल तस्बिर ।
SkywellSkywell

जनकपुरधाम । एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेका वडाध्यक्ष र सचिव फरार भएका छन् । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि जनकपुरधाम उपमहानगरपालिका–८ का निवर्तमान वडाध्यक्ष रमेश ठाकुर र सचिव माधव राय फरार भएका हुन् ।

उनीहरूले मुखियाट्टी मुसहरनिया गाउँपालिका तुलसियाही जब्दीबाट एउटा नागरिकता लिइसकेका आनन्द मिश्रलाई पुनः नागरिकताका लागि सिफारिस गरेका थिए । अदालतले उनीहरूलाई नागरिकतासम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।

Dabur Nepal
NIC Asia

उनीहरूको सिफारिसमा दोहोरो नागरिकता लिएका आन्नद यही असार पहिलो साता पक्राउ परेका थिए । उनीमाथि अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका आनन्दसँग भारतीय मतदाता कार्ड पनि रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्दा दुई नेपाली र एक भारतीय मतदाता परिचयपत्र समेत फेलापरेको बताइएको छ ।

उनले ०७० साल जेठ १९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए । उनले नै ०७८ मंसिर १७ गते आनन्दमोहन शरणको नाममा धनुषाबाटै अर्को नागरिकताका लिए । पहिलो नागरिकतामा ठेगाना मुखियाट्टी मुसहरनिया गाउँपालिका र दोस्रो नागरिकता जनकपुरधाम उपमहानगरपालिका देखिन्छ ।

दुवै नागरिकतामा उनको नाम, जन्ममिति र स्थान फरक–फरक देखाइएको छ । पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ । अर्को नागरिकतामा बुवाको नाम देवशरण राखिएको छ । दुवै ठाउँबाट लिएको नागरिकतामा आनन्दकै फोटो छ ।

भारतको निर्वाचन आयोगबाट जारी मतदाता सूची र उनले बनाएको मतदाता परिचयपत्रमा पिताको नाम पवन मिश्र र आफ्नो नाम भवेश मिश्र उल्लेख छ । ती कार्डमा पनि आनन्दकै फोटो छ । उनले दुवै ठाउँबाट लिएको नेपाली नागरिकता वंशजका आधारमा दिइएको हो । उनी जानकी विहार कुण्ड मन्दिरका महन्तका सहयोगी थिए ।

यस्तै, भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा धनुषाधाम नगरपालिका–२ का निवर्तमान वडाध्यक्ष प्रभुनारायण साह र सचिव ध्यानी यादवमाथि पनि जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । उनीहरूमाथि किर्ते कागजात भए पनि घुस लिएर भारतीय नागरिक सुनील राईलाई नागरिकता दिन सिफारिस गरेको अभियोग छ । सुनीलले कैद भुत्तानी गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu