देश
![गुल्मीमा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ](https://12khari.top/uploads/posts/pakrau-hathkadi21630236377.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । गुल्मीमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । धुर्कोट गाउँपालिका–६ बस्ने ३५ वर्षीय राजु थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई यही असार १४ गते दिउँसो थापाले धुर्कोट गाउँपालिका किटेनीस्थित गोठमा जबरजस्ती करणी गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, असार १८, २०७९ २०:२५
प्रतिक्रिया दिनुहोस्