site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हजारबाट सुरु गरेको व्यवसाय करोडमा !
SkywellSkywell

जनकपुरधाम । ‘ठूलो उद्योगको नोकर बन्नुभन्दा, सानो उद्योगको मालिक बन्नु राम्रो’ धनुषा बटेश्वर गाउँपालिका,३ का रामकुमार महतोले विद्यार्थी कालमै कहीँ कतै पढेका थिए, यो वाक्य । यही वाक्यका कारण उनको दिमागबाट नोकरी गर्ने सोच हट्यो । पुर्ख्यौली पेसा गर्ने दबाबलाई दर्जनौं पटक अस्वीकार गरे । 

‘जागिर गर, विदेश जाऊ’ जस्ता वाक्यसँग पनि दिक्क भए । एकदिन रामकुमारले घरमा व्यवसाय गर्ने प्रस्ताव राखे, “म आफ्नै व्यवसाय सुरु गर्छु । मलाई २५ हजार रुपैयाँ दिनुस्,” उनले ती दिन स्मरण गरे । विदेश जाँन लाखौं दिने परिवारले व्यवसाय गर्न त्यतिबेला हच्किएको उनी सुनाउँछन् ।
 
०६१ सालमा उनले लघु उद्यम सम्बन्धी १५ दिनको तालिम लिए । त्यसबेला जिल्ला लघु उद्यम संघले गाउँमै पुगेर थरीथरीको तालिम दिएको थियो । अगरवती, मैनवती, सिलाई, चुरा र टपरी बनाउनेजस्ता तालिम दिइएको रामकुमार बताउँछन् । रामकुमारले अलि फरक किसिमको तालिम लिन रुचाए । 

“तालिममा सिकाइने सबै व्यवसाय गर्दा त्यसमा प्रयोग हुने समान किन्नुपर्ने जस्तो थियो,” उनले भने, “तर टपरी व्यवसायको कच्चा पदार्थ गाउँमै फालाफाल छ । सित्तैमा पाइन्छ । त्यही भएर टपरी बनाउने तालिम रोजेँ । जसको व्यवसाय सुरुआत गर्न मलाई सजिलो भयो ।” 
 
बुबाले व्यवसाय गर्न सहयोग नगरेपछि रामकुमारले काकी सुनितादेवीको नामबाट गाउँकै लुघुबित्त संस्थासँग ऋण मागे । त्यो पैसाले भारतबाट मेसिन खरिद गरी रामकुमारले सुरु गरेको व्यवसाय अहिले सफल भएको छ । “डेढ दशक पहिले दश हजारबाट व्यवसाय सुरु गरेँ । अहिले दुई करोडभन्दा बढीको पुँजी बनाइसकेको छु, पाँचवटा शाखा सञ्चालनमा छ,” उनले उद्योगको प्रगति सुनाउँदै भने, “दश हजार मानिसलाई सीपसहित रोजगारी दिएको छु, मासिक एक लाखभन्दा बढी आम्दानी हुन्छ ।”  

KFC Island Ad
NIC Asia

सहकारी संस्थाले ऋण नदिएको भए आज यो ठाउँमा पुग्न नसक्ने उनको भनाइ छ । रामकुमार र उनकी श्रीमती रेखा महतो अहिले उदाहरणीय पात्र बनेका छन् । 

धनुषाको सहिद नगरपालिका ४ स्थित ननुपट्टी जिल्लाकै सबैभन्दा बढी माछा उत्पादन गर्ने ठाउँ हो । यहाँ घरैपिच्छेजस्तो माछापालन गरेर गुजारा चलाउँदै आएका कृषक छन् । माछा किसान नभएको घर गाउँमा बिरलै भेटिन्छ । त्यही गाउँका ४८ वर्षीय सुनील मण्डल माछा खेतीबाट मग्नय आम्दानी गरिरहेको बताउँछन् ।

उनले दुई दशकदेखि माछा खेती गर्दै आइरहेको उनले बताए । “हाम्रो पुख्र्यौली पेसा हो, बच्चैदेखि यही गर्छु । पूर्णरुपमा यही काम गरेको २० वर्ष भयो,” उनले सुनाए, “खेती गर्न झन्झट छ । धान खेतीमा लागत बढी र उत्पादन न्यून छ । त्यही भएर माछा खेती गर्छु ।”

उनले पनि रामकुमारजस्तै गाउँकै जय माँ कमलेश्वरी मत्स्य सहकारी संस्थाबाट दश लाख ऋण लिएर २० विघा जमिन भाडामा लिएर माछा खेती गरेको बताए । विगतभन्दा अहिले उनलाई माछा खेती गर्न सजिलो भएको बताउँछन् । “किसानलाई पुँजी अभाव हुन्छ,” उनले भने, “गाउँकै सहकारी संस्थाले ऋण दिएपछि माछा खेती गर्न सजिलो भएको छ ।” 

धान खेतीबाट प्रतिबिघा ५० हजार रुपैयाँ मात्रै आम्दानी हुने गरेको र अहिले माछा खेतीबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ । धान खेतीका लागि समयमा बीउ, मल, जनशक्ति र उचित सिँचाइ नपाएको भन्दै माछापालनतर्फ लागेको उनी बताउँछन् । थोरै लगानी, कम मिहिनेत, जनशक्ति तथा छोटो समयमा संतोषजनक आम्दानी हुने भएपछि यसैतर्फ आकर्षित भएको उनी बताउँछन् । 

बटेश्वर गाउँपालिकाका श्यामलाल महतो भने पशुपालन गरिरहेका छन् । दैनिक गाई र भैँसीले सात लिटरभन्दा बढी दूध दिन्छन् । गाउँकै धनलक्ष्मी उद्यम सहकारीले चिस्यानको व्यवस्था गरदिएपछि गर्मी समयमा पनि समस्या नभएको उनले बताए । संस्थाले अब बजारीकरणको समस्या पनि अन्त्य गर्ने रणनीति लिएको सहकारी संस्थाका प्रवन्धक सन्तोष महतोले सुनाए । 

उनका अनुसार अगामी आर्थिक वर्षदेखि प्रत्येक किसानले उत्पादन गरेको दूध संकलन गर्ने संस्थाको तयारी छ । चिस्यान केन्द्र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्वि)ले अनुदान दिएर निर्माण गरेका छन् । यी योजना जनकपुर करिडोर बनाएर मधेसका बारा, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीमा सञ्चालन रहेको प्रदेश कार्यालयका प्रमुख मोती गिरीले बताए । उनका अनुसार संस्थाले किसानको सीप र क्षमता विकासमा जोड दिँदै ऋणको लागि वित्तीय सहकारी संस्थासँग सहकार्य गराउने काम गर्दै आएका छन् । 

मुख्यतयः संस्थाले गरिबी न्यूनीकरण, किसानको बजारीकरण र प्रोत्साहन गर्ने काम गर्दै आएको उनले बताए । धनुषाको ९ वटा पालिकामा समृद्वि आयोजना सञ्चालित छन् । यी संस्थाले माछाका व्यापारीका लागि पनि काम गर्ने गरेका छन् । ह्याचरिङ्ग (माछाको भुरा राख्ने अक्सिजनसहितको ठाँउ) निर्माणमा ७० प्रतिशत अनुदान दिने गरेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro