site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
चुनावका लागि राजीनामा दिएकी शिक्षिका पुनः विद्यालय फर्किएपछि...
SkywellSkywell

जनकपुरधाम । स्थानीय निर्वाचनमा उमेदवार बन्न राजीनामा दिएकी शिक्षिका पुनः विद्यालय फर्किएपछि विवाद सुरु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित माध्यमिक विद्यालय बरमझियामा रेखा यादव हाजिर हुन खोजेपछि विवाद सुरु भएको हो ।

उनलाई प्रधानध्यापक राजदेव यादवले आर्थिक प्रलोभनमा परी हाजिर गराउन खोजेको आरोप छ । राजीनामा बुझाएका शिक्षिकालाई हाजिर गराएपछि स्थानीयले विद्यालयमा मंगलबार तालाबन्दीसमेत गरेका छन् । 

KFC Island Ad
NIC Asia

रेखाले वैशाख ८ गते राजीनामा दिएकी थिइन् । उनी राहत तृतीय श्रेणी पदमा कार्यरत थिइन् । वैशाख ३० गते भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उमेदवारी दिने तयारी गरेपनि अन्तिम समयमा उनको टिकट खोसिएको थियो । उनले दिएको राजीनामामा प्रधानाध्यापक यादवले तोक पनि लगाएका छन् ।

वैसाख ९ गतेदेखि लागू हुने राजीनामा स्वीकृत गरिएको पत्र रेखा यादवको नाममा पठाएको देखिन्छ । उक्त पत्रको बोधार्थमा जिल्ला शिक्षा विकास समन्वय इकाई धनुषा र गणेशमान चारनाथ नगरपालिका वीरेन्द्रबजार उल्लेख गरिएको छ । सकल राजीनामा पत्र, राजीनामा स्वीकृत गरिएको सकल पत्र र सकल दर्ता चलानी किताब अहिले उनीहरूले लुकाउन खोजेको देखिन्छ ।

सोही विषयमा वडाध्यक्षले रेखा यादवको विषयमा आवश्यक छानबिन गरी कारबाहीको लागि पालिकामा पत्र पठाएका छन् । यद्यपि, अहिलेसम्म नगर प्रमुख जितनारायण यादव, उपप्रमुख तुल्सा पाण्डे र प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादवले कुनै चासो नदिएको वडाध्यक्ष नन्दकिशोर यादवको गुनासो छ ।

शिक्षकहरूले विद्यालयमा राजनीति गरेको कारण शैक्षिक अवस्थामा नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro