site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यायाधीश–अधिवक्ता अडियो प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एक न्यायाधीश र अधिवक्ताबीच भएको भनिएको संवादका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

बुधबार बसेको न्याय परिषद्को बैठकबाट परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । छानबिन समितिका सदस्यहरूमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

समितिलाई न्याय परिषद्समक्ष ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको एक सदस्यले जानकारी दिए । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेरलबीच भएको संवाद भन्दै एउटा अडियो सार्वजनिक भएको छ । अडियो सार्वजनिकसँगै परिषद्को आकस्मिक बैठक बसेको हो ।

Royal Enfield Island Ad

उक्त अडियोमा कोइराला र पोखेरलबीच जेलमा रहेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाइ गरिएको सुनिन्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro