राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् ।
विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन् ।
महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर ध्यानाकर्षण गराउँदैछन् । त्यसअघि उनीहरुले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ ११:४३
प्रतिक्रिया दिनुहोस्