site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कास्की कांग्रेसमा अन्तरविरोध, सभापतिले डाकेको बैठक सदस्यले गरे बहिष्कार
SkywellSkywell

पोखरा । कांग्रेस नेतृ डा. आरजु राणा देउवाले पोखरामा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै 'टिकट नपाउनुको तिक्तताले पार्टीभित्र दुर्घटना निम्तिने र पदका लागि मात्रै राजनीति गर्नुको कुनै तुक नरहेको' बताइन् ।

उनले यो कार्यक्रमलाई सम्बोधन गर्नुको एकदिनअघि अर्थात् आइतबार मात्रै कास्की कांग्रेसले चुनावी समीक्षाको मिति कहिले तोक्ने, संकलन भएको चन्दा कसरी परिचालन भयो भन्नेबारे छलफल गर्न बैठक डाकेको थियो ।

कारण गठबन्धनबाट समाजवादीका मेयर र कांग्रेसका २३ वटा वडा जितेको कांग्रेसले आफ्ना पार्टीका उपमेयर चाहिँ जित्न सकेन । यही चुनावी समिक्षाको मिति तय गर्न सभापतिले डाकेको आइतबारको बैठक नै असफल भयो । असफल हुनुमा यहाँको १४औँ जिल्ला अधिवेशनका प्रत्यासीदेखि निर्वाचित सभापतिको कार्यशैलीको विरोध सदस्यहरूबाट भयो ।

Dabur Nepal
NIC Asia

जिल्ला सभापतिमा निर्वाचित भएलगत्तै कास्की सभापति किशोरदत्त बरालले मञ्चमा तीनजना नेता र बाँकीलाई तल नै राख्ने नियम बनाइदिए । यो निर्णयलाई धेरै नेताहरूले आफ्नो मानमर्दनको रूपमा लिए । त्यसलाई उनीहरूले भुल्न सकेनन भने फरक गुटबाट निर्वाचित भएपछि सभापतिलाई असफल बनाउने पनि उनीहरूको रणनीति रह्यो ।

यही उपक्रमका कारण आइतबारको कार्यसमिति बैठकमा चर्को विरोध भयो । चुनावी समीक्षा, निर्वाचित पदाधिकारीलाई सम्मान गर्ने तथा चुनावमा भएको खर्चबारे छलफल चलाउने एजेण्डा थियो । पार्टी कार्यालय नजिकैको होटलमा राखिएको सो बैठक सुरुबाटै सौहार्दपूर्ण हुन सकेन । सभापतिमा पराजित भएका सुदीपमोहन भट्टराईले सभापतिको कार्यशैलीप्रति आपत्ति जनाए ।

स्रोतकाअनुसार त्यसपछि सबैजसो कार्यसमितिका सदस्यहरू एकाएक किशोरको विपक्षमा उभिए । बैठक चल्न नसक्ने भएपछि आउँदो ११ गतेसम्मको लागि स्थगित भएको छ । 

बैठकमा सहभागी एक नेताकाअनुसार स्थिति झण्डै बाझाबाझको स्थितिसम्म पुग्यो । किशोरसँग रुष्ट समूहले उनले बोलाउने तीनवटा बैठक नै बहिष्कार गर्नेसम्मको रणनीति बनाएको स्रोत बताउँछ । 

“लगातार तीनवटा बैठक स्थगित गराउने र त्यसपछि २५ प्रतिशत कार्यसमितिको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव पेस गर्नेसम्मको तयारी छ,” ती सदस्यले भने, “किशोर एक्लै हिँड्न र आफू अनुकूलका व्यक्तिको कुरामात्रै सुन्ने आरोप लागेको छ, अब उहाँ कसरी अगाडि बढ्नुहुन्छ भन्ने उहाँमाथि नै निर्भर छ ।”

कांग्रेको विधानको धारा ४४ मा अविश्वासको प्रस्तावसम्बन्धी प्रावधान छ । सो धाराको उपधारा १ अनुसार पार्टीका सबै तहका सभापतिविरुद्ध पच्चिस प्रतिशत सदस्यले अविश्वासको प्रस्ताव सम्बन्धित कार्यसमितिमा दर्ता गर्न सक्ने व्यवस्था छ भने उपधारा (२) मा  यसरी दर्ता हुन आएको प्रस्तावमा आवश्यक छानविन गरी साठी दिनभित्र सम्बन्धित निर्वाचकको बैठक वा अधिवेशन बोलाई निर्णय गर्नुपर्ने भनिएको छ । यस्तो निर्णय गर्दा उप–सभापति र सो नभएमा महामन्त्री वा प्रदेश महामन्त्री, सचिवले बैठकको अध्यक्षता गर्ने भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  २१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu