देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका करदातालाई स्वास्थ्य बिमाको प्रबन्ध मिलाएर बिमा रकमको ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।
महानगर प्रमुख बालेन्द्र शाह बालेन ले आज आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बिमामा अनुदान उपलब्ध गराउने बताएका हुन् ।
त्यस्तै महानगर क्षेत्रका स्थायी विपन्न नागरिकलाई अस्पतालमा निःशुल्क बेड उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १८:२५
प्रतिक्रिया दिनुहोस्