देश
काठमाडौं । काठमाडौंको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मतका लागि अध्ययन सुरु गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले प्लान्ट मर्मतको अध्ययन सुरु गरेको हो ।
महानगर वातावरण व्यवस्था विभागकी सरिता राईले प्लान्ट मर्मतका लागि प्लान्ट हेर्ने काम भइरहेको बताइन । “प्लान्टमा के समस्या छ । कति खर्च लाग्छ भन्नेबारे हेरिरहेको छ,” उनले भनिन् ।
बुधबार महानगरका मेयर बालेन्द्र साहले प्लान्ट मर्मत गर्न सकिने बताएका थिए । करौडौँ रुपैयाँ खर्च नलाग्ने दुई तीन लाखमै मर्मत गर्न सकिने उनले दाबी गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १७:०१
प्रतिक्रिया दिनुहोस्