देश
काठमाडौं । सडकमा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ९६४ सवारी चालक कारबाहीमा परेका छन् । बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८०, लेन उल्लंघन गर्ने १३७, मदिरा पिएर सवारीसाधन चलाउने ११० जना रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ६९, जथाभावी यात्री चढाउने तथा ओराल्ने ८८, ढोका खुल्लै राखेर सवारी चलाउने ५७, रातो बत्तीको उल्लंघन गर्ने ६४ जना कारबाहीमा परेका छन् ।
उक्त कार्यालयका अनुसार अवस्था ठिक नभएका सवारीसाधन चलाउने ३३ र क्षमताभन्दा बढी यात्री राख्ने ३१ चालक पनि कारबाहीमा परेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ ०९:३६
प्रतिक्रिया दिनुहोस्