देश
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टेकुस्थित फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्लान्ट मर्मतका लागि करोडौँ रुपैयाँ नलाग्ने भन्दै दुई–तीन लाख रुपैयाँमै मर्मत गर्न सकिने बताएका हुन् ।
“टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिन्छ । करोडौँ रुपैयाँ लाग्दैन । दुई–तीन लाखमै मर्मत गर्न सकिन्छ,” उनले भने ।
उनले महानगरमा भौतिक पूर्वाधारअन्तर्गतका धेरै कामहरू सुरु गरिसकेको उल्लेख गरे ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ १२:५३
प्रतिक्रिया दिनुहोस्