site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन तहबीच अधिकारको विषयमा झगडा गर्नु हुन्न : मुख्यमन्त्री पाण्डे 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहका जनप्रतिनिधिहरूले मतदाताहरूलाई समान व्यवहार गर्नुपर्ने बताएका छन् । सोमबारबाट प्रदेश राजधानी हेटौंडामा सुरू भएको जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यकक्रममा बोल्दै उनले कसैलाई पक्षपात नगर्न सुझाव दिए । 

“जनप्रतिनिधि अब भोट नहाल्नेको पनि जनप्रतिनिधि हो, व्यवहार सबैलाई समान होस् पक्षपात कसैलाई नगर्नुहोस्,”उनले भने,“स्थानीय तहलाई लामो लडाइँपश्चात् न्यायपालिका समेतको अधिकार थपेर बलियो बनाएका छौँ ।” उनले तीन तहको अधिकारको विषयमा विवाद गर्न नहुने पनि बताए । “हाम्रो प्रतिस्पर्धी संघीयता होइन, तीन तहबीच अधिकारको विषयमा झगडा गर्नु हुन्न । संविधान र प्रदेशसँग नबाझिने गरी जनताका लागि कानुन बनाउन सक्नुहुन्छ । कानुन बनाउँदा छलफल गर्नुहोस् र बनाएपछि अक्षरस पालना होस् ,” उनले भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मुख्यमन्त्री पाण्डेले स्थानीय सरकार जनमुखी र हरेक जनताको जीवनसँग गाँसिएको सरकार भएकाले त्यसैअनुसार काम गर्न सुझाव पनि दिए । “संघीय सरकार टेलिभिजनमा देखिने सरकार हो , प्रदेश सरकार नजिक नै छ है भन्ने सरकार हो, तपाईंहरू स्थानीय सरकार जनमुखी र हरेक जनताको जीवनसँग गासिएको सरकार हो ,” उनले भने, “मर्दा कात्रो पनि किनिदिनुपर्ने सरकार हो । चुनावको दिन जनतालाई बोक्न ढोग्न तयार हुन्छौँ, अरू दिन पनि त्यसै गर्नुहोस् ।”

उनले विकासका नाममा डोजर धेरै चलिरहेको भन्दै डोजरे विकासबाट बाहिर निस्कन आग्रह गरे । त्यसैगरी, उनले संघीयताको अभ्यास राम्रोसँग हुन नसकेको पनि बताए ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro