site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिगो विकासका लागि जीवन विकास पुरस्कारबाट विद्यालय र पत्रकार सम्मानित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जीवन विकास समाजले दिगो विकास क्षेत्रमा टेवा पुर्‍याउने संघ संस्था, सामुदायिक शैक्षिक संस्था र पत्रकार गरी तीन विद्यामा पुरस्कार वितरण गरेको छ ।

समाजले पहिलोपटक दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ अन्तर्गतका पत्रकारितातर्फको पुरस्कार नागरिक दैनिककी पत्रकार रुबी रौनियारलाई प्रदान गरेको छ । समाजले शुक्रबार शितल निवासमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेबी भण्डारीले पत्रकार रौनियारलाई ५० हजार नगद र  प्रमाणपत्रबाट सम्मान गरेकी हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यही विद्यामा अर्का पत्रकार सुदर्शन सिग्देल पनि ५० हजार नगद र प्रमाणपत्रबाट सम्मानित भए । पत्रकार सिग्देल आजको शिक्षा साप्ताहिकका सम्पादक हुन् ।

यही विद्यामा शिक्षक मासिक ललितपुरले एक लाख नगद र प्रमाणपत्रसहित पुरस्कार प्राप्त गरेको छ । 

Royal Enfield Island Ad

समाजले वितरण गरेको पुरस्कारमा पहिलो विद्या गैर सरकारी संघसंथातर्फ ५ लाख नगद र प्रमाणपत्रबाट ललितपुरमा रहेको  रिड संस्थाले प्राप्त गरेको छ भने एक/एक लाख नगद र प्रमाणपत्रबाट प्रोत्साहन पुरस्कार बिराटनगर, मोराङको नारी विकसा संघ र बाल संरक्षण संस्था लालबन्दी सर्लाहीले प्राप्त गरेको छ । 

दोस्रो विद्या सामुदायिक विद्यालय वा शैक्षिक संस्थातर्फ ३ लाख र प्रमाणपत्रबाट चन्द्रगिरि नगरपालिकामा रहेको कंकाली माध्यमिक विद्यालयले प्राप्त गरेको छ । यस विद्यामा प्रोत्साहन स्वरूप एक/ एक लाख नगद र प्रमाणपत्रबाट सिन्धुली, फुस्रेटारमा रहेको जनज्योति मावि  र झापा मेचीनगरमा रहेको आदर्श माविले प्राप्त गरेको छ ।

जीवन विकास समाजले सन् २०१७ मा विश्वभर प्रतिस्पर्धात्मक छनौट भई एजिफन्ड इन्टरनेसनल प्राइजबाट तीन लाख अमेरिकी डलर प्राप्त गरेको थियो । सोही रकममा थप गरी कुल ६ करोड बराबरको जीवन विकास समाज, दिगो विकास कोष २०७६ स्थापना गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro