काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाड बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन राष्ट्रिय सभा सदस्य माननीय रमेशजंग रायमाझीले गरे ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननीय रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईं, प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरूे बैंकको एक्सटेन्सन काउन्टरमार्पmत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरू सजिलै गर्न सक्नेछन् ।
सात लाखभन्दा बढी ग्राहकहरूलाई ११५ शाखाहरूमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १२ एक्सटेन्सन काउन्टरहरू स्थापित गरिसकेको छ । साथै, बंैकको हालसम्म ९७ एटीएम रहेका छन् । बैंकले हालसम्म करिब ९२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।