site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको निष्कर्ष– ३९ लाख मतसहित पहिलो पार्टी, गठबन्धनभन्दा एक्लै लड्दा धेरै जित
SkywellSkywell

काठमडौं । नेपाली कांग्रेसले गएको स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो बनेको निष्कर्ष निकालेको छ । पार्टीको स्थानीय तह निर्वाचन अनुगमन, मूल्यांकन एवम् सुपरीवेक्षण उपसमितिले कांग्रेस ३८ लाख ३ हजार ३१ मतसहित पहिलो पार्टी बनेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

निर्वाचन सम्पन्न ७५२ स्थानीय तहमध्ये प्रमुख/अध्यक्षतर्फ ३२९ स्थानीय तहको नेतृत्व जितेर ४४ प्रतिशत जित निकालेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, उपप्रमुखतर्फ ३०० स्थानीय तहमा जित निकालेको कांग्रेसले ४० प्रतिशत उपप्रमुख/उपाध्यक्ष जितेको कांग्रसले बताएको छ । 

Dabur Nepal
NIC Asia

वडाध्यक्षमा पाएको मतलाई पार्टीले पाएको मतका रूपमा प्रस्तुत गरेको कांग्रेसले गठबन्धबाटभन्दा एकल चुनाव लडेको स्थानमा बढी जितेको दाबी गरेको छ । 

प्रतिवेदनमा निर्वाचन सम्पन्न भएका कुल ७५२ स्थानीय तहमा कांग्रेसले ३२९ जितेको, ६ हजार ७३३ वडामध्ये दुईहजार ६६५ अर्थात् ३९ प्रतिशत वडा, दुईहजार ६०६ महिला सदस्य, दुईहजार ५५१ दलित महिला सदस्य, पाँचहजार ३०७ खुला सदस्य गरी कुल १३ हजार ४५८ जनप्रतिनिधि जितेको उल्लेख छ । 

गठबन्धनबाट भन्दा एक्लै जितेका धेरै 
प्रतिवेदनले कांग्रेसले गठबन्धनबाट भन्दा एक्लै चुनाव लडेर धेरै जितेको उल्लेख छ । गठबन्धनका कारण ६३२ स्थानीय तहमा मात्र प्रमुखको उम्मेदवारी दिन पाएको कांग्रेसले गठबन्ध गरेका स्थानमा जम्मा १२८ स्थानीय तह जितेको छ । गठबन्धन नगरेका स्थानमा २०१ स्थानीय तह कांग्रेसले जितेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, उपप्रमुखमा गठबन्धनबाट जम्मा ८५ जितेकोमा एक्लै चुनाव लडेका स्थानबाट २१५ स्थानमा जित निकालेको कांग्रेसको प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसको स्थनीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल संयोजक रहेको स्थानीय तह निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले बिहीबार प्रतिवेदन सार्वजनिक गरेको हो । 

हेर्नुहोस् प्रतिवेदन :

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro