देश
काठमाडौं । मेलम्ची खोलामा पानीको बहाव बढेको छ । मेलम्ची वडा नम्बर-७ र ११ जोड्नका लागि बनाइएको अस्थायी पुलमा पनि क्षति पुगेको छ ।
निरन्तरको वर्षापछि आएको बाढीले फट्टेमा राखिएको ह्युमपाइपमा क्षति पुर्याउँदा आवतजावतमा समस्या परेको छ । मेलम्ची क्षेत्रका ६ वटा वडाका नागरिक प्रभावित भएको राससले जनाएको छ ।
अघिल्लो वर्षको असार १ गते आएको बाढीले त्यहाँ रहेको पक्की पुल बगाएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ ०९:१६
प्रतिक्रिया दिनुहोस्